वरिष्ठ नेता पौडेल पक्राउको विरोधमा नेविसंघद्वारा प्रदर्शन

ओकेखबर संवाददाता १७ मंसिर २०७७, बुधबार २२:३६ मा प्रकाशित ( साल अघि) ८०९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा नेपाल विद्यार्थी संघ केन्द्रिय समितिद्वारा बुधबार साँझ काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।

आज तनहुँको व्यास नगरपालिकामा एक मोटरेबल पुलको उद्घाटन गर्न जादै गर्दा पौडेललाई त्याहाको स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गरेको आरोपमा करिब तीन घण्टा गिरफ्तार गरेको थियो ।

नेबिसंघ केन्द्रिय समिति द्वारा आयोजित विरोध पछlको कोणसभामा बोल्दै अध्यक्ष राजिव ढुङ्गानाले सरकारले अधिनायकवादी चरित्र देखाएको बताए । उनले भने ‘यो सिङ्गो लोकतन्त्रमाथी हमला हो, प्रहरीले नेकपा को आदेश पालना नगरोस् ।’

कार्यक्रम नेविसंघकी महामन्त्री उर्मिला थपलियाले सञ्चालन गरेकी थिइन् भने महामन्त्रीहरु युवराज पाण्डे, बलदेव तिमिल्सिना पुर्व महामन्त्री आन्दराज त्रिपाठि लगायतले सम्बोधन गरेका थिए ।

गिरफ्तारीको विरोधमा देशका विभिन्न ठाउहरुमा दमौली, बाग्लुड र पोखरामा लगायत थुप्रै ठाउमा पनि विरोध प्रदर्शन भएको छ । लोकतन्त्रलाई केपी ओली नेतृत्वको सरकारले कमजोर बनाउन खोजे नेविसंघले नछाड्ने चेतावनी समेत दिएका छन् । सरकारले पौडेललाई पक्राउ गरेर निषेधको राजनीति गरेको उनीहरुको आरोप छ ।


सम्बन्धित खबरहरु