नेपाल वेद विद्याश्रम ४७औं वर्षमा प्रवेश

ओकेखबर संवाददाता ११ मंसिर २०७७, बिहीबार २०:५६ मा प्रकाशित ( साल अघि) ४०२ पाठक संख्या

काठमाडौं ।  नेपाल वेद विद्याश्रम आजबाट ४७औं वर्षमा प्रवेश गरेको छ। २०३१ सालमा स्थापना भई हालसम्म अनवरत रूपमा आफ्नो ४६ अौं बर्ष पूरा गरि ४७ बर्षमा प्रवेश गरेको हो ।

नेपाल वेदविद्याश्रम पशुपति क्षेत्र विकास कोषको शैक्षिक उपक्रम हो । पाशुपति क्षेत्रमा अवस्थित यो विद्यालय संस्कृत क्षेत्रको सानो प्रयास हो।

२०२६ सालमा निर्माण प्रारम्भ भइ २०३१ बाट पठनपाठन आरम्भ भएको र साथसाथै २०४३ सालबाट प्रवेशिका परीक्षामा सामेल भई हालसम्म निरन्तर रूपमा अघि बढि रहेको छ।

गुठीसंस्थानको स्वामित्वमा स्थापित यो विद्यालय २०५६ सालदेखि पशुपति क्षेत्र विकाष कोषमार्फत् सञ्चालित छ।

वेद,व्याकरण, नेपाली , अङ्ग्रेजी, गणित ,सामाजिक,रुद्री, गीता , चण्डी, कर्मकाण्ड , वेद , अनुवाद , संस्कृत भाषा,ज्योतिष,उपनिषद्, साहित्य लगायत ग्रन्थहरूको अध्यायन अध्यापन हुदै आइरहेको।

सम्पूर्ण आबासीय नि:शुल्क सुविधासहित लगभग ६० जिल्लाका ११० जना विद्यार्थीहस छात्रबासमा रहेर अध्ययन गरिरहेका छन् ।

विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको स्थायित्व नहुनु यस विद्यालयको सबैभन्दा दुखद् पक्ष हो, यो समस्या हल भएमा विद्यालयको उन्नति प्रगति र सञ्चालकको श्रीवृध्दिमा पनि यथेष्ट टेवा पुग्ने निश्चित देखिन्छ ।

यस विद्यालयले धर्म संस्कृतिका साथसाथै एक कर्मनिष्ठ वैदिक ब्राह्मण उत्पादनमा लागि रहेको छ । यस विद्यालयमा कक्षा ४ देखि १२ कक्षा सम्म सञ्चालन हुदै आइरहेको छ।

यस बर्ष कोरोना महामारीका कारणले वार्षिकोत्सब हुन् न सकेको र विद्यार्थीहरूलाई भर्चुअल माध्यामबाट पठन पाठ गराइएको बिद्यालयको भनाइ छ ।


सम्बन्धित खबरहरु