जनचेतनाका लागि ‘सडक नाटक कहर’

ओकेखबर संवाददाता ६ मंसिर २०७७, शनिबार ०९:५९ मा प्रकाशित ( साल अघि) ४५९ पाठक संख्या

काठमाडौं । चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (COVID-19) विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य सस्थाको प्रस्तूती ‘सडक नाटक कहर’ सुरु भएको छ।

कोभिड-१९ अर्थात कोरोना महामारीको रोकथामका लागी नगरपालीकाले नगरबासिमा चेतना जगाउन सो नाटक मन्चको आयोजना गरेको हो ।

एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेको छ । नाटकलाई आरम्भ कलाकारहरुको समुह का अध्यक्ष प्रभाकर न्यौपानेले गरेका छन् ।

नाटकमा चर्चित रंगकर्मी कलाकरहरु राजेंद्र गद्तौला, प्रल्हाद खरेल, राधा श्रेस्ठ, बिश्वदिप घिमिरे, राजन भुजेल, सरस्वति अधिकरी र मन्जु अधिकरी लगायतको  अभिनय रहेको छ भने संगीत संयोजन सुरेस चन्द्र न्यौपाने को रहेको छ।

मंसिर ५ देखि शुरु भएको नाटक ९ गते सम्म क्रमश नगरपालिकाका सबै वडाहरुमा विभिन्न मन्चन गरिने छ ।


सम्बन्धित खबरहरु