आगामी तीन दिन यी ठाउँमा वर्षा र हिमपातको सम्भावना

ओकेखबर संवाददाता ६ मंसिर २०७७, शनिबार ०७:३६ मा प्रकाशित ( साल अघि) ५४२ पाठक संख्या

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन हिमपातसँगै सामान्य वर्षाको सम्भावना रहेको जानाएको छ । महाशाखाद्वारा मौसम पूर्वानुमान बुटेलिनमा उल्लेख गरेअनुसार आज पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आइतबार पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशााले जनाएको छ । भोलि राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ ।

सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका धेरै स्थानको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।


सम्बन्धित खबरहरु