फेरियो संस्कार र संस्कृति मानसिकता कहिले ?

शाेभा सापकोटा २९ कार्तिक २०७७, शनिबार ०८:०७ मा प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

हो आजकाल मलाई सानातिना कुराहरुले झट्ट आँसु आँउदैन ,भाबुक पनि छु अलिअली तर भाबुकताले जिन्दगी चल्दैन। त्यो कुरा राम्रोसँग जब मैले बुझेँ त्यसपछि भाबुकता भन्ने चिज रिलमा राम्रो देखिन्छ रियलमा भन्दा भन्ने महसुस हुन थाल्यो ।ब्याबहारिक जिबन एकातिर हुन्छ भने भाबनाले आँफैलाइ कमजोर बनाइरहेको हुन्छ।यति बुझ्दा बुझ्दै पनि त्यो एक दिन म भावनामा डुब्न पुगे र एक्कासि भक्कानिए पनि।

 

केही दिन पहिला मलाई एकजना नेपाली चलचित्र क्षेत्रमा काम गर्ने बैनीको बर्थडे पार्टिको निमन्त्रणा आयो।मलाइ खासै यस्ता कार्यक्रमहरुमा हत्तपत्त उपस्थिति जनाइहाल्न मन लाग्दैन, किनकी यस्ता कार्यक्रममा साथिहरु चिट्टिक्क परेर सुहाउँदो मेकअपमा ड्रेसअनुसारको गरगहना लगायर पुरै तामझामका साथ उपस्तिथि जनाउँनुहुन्छ ।आफू भन्ने फुस्रो अनुहार, नमिलेको कपाल ,जिउमा नमिलेको एउटा जिन्स र टिसर्ट हो यस्ता कार्यक्रममा साथिहरुले पाखे भनेर कुरा गर्नुहुन्छ नि तेहि पाखेमा पर्ने सम्भावना हुन्छ ।त्यो दिन साथिहरुले पनि जाँउ जाँउ भन्नुभयो र म गँए पनि।दिउँसो देखि नै तामझामपुर्ण तरिकाले बर्थडे बनाउने तयारी भइरहेको थियो। एउटा कोठालाइ केक काट्नको लागि भब्य तरिकाले सिङ्गारिएको थियो।ठूलो कम्पाउन्डसितको घरमा मान्छेहरु आउने जाने क्रम चलिरहेको थियो ।एउटा सुभजन्मोत्शभको कार्यक्रम भएपनी ठुलो बिबाहको पार्टी जत्तिकै तयारी र मान्छे हरुको उपस्थिति पनि उत्तिकै थियो। दिउँसो देखि नै खानपानको ब्यबस्था भएको त्यो पार्टिमा जब साँझ पर्यो माहोल अर्कै बन्यो अझ बढी मदिराका कार्टुनहरु थपिन थाले,चुरोटका प्याकेटको माग हुन थाले ।

 

सबैजना मदिराकै तालमा थिए तेहि समयमा बर्थडे केक काटियो र पुन खानपान सुरु भयो।तेहाको माहोल हेर्दा त्यो रात पुरै मदिरा र संगीतको तालमा साथिहरु मस्ती गर्नेछ्न भन्ने लाग्यो ।मलाइ अलिकती असहज महशुल भयो। के गरौ के गरौं भयो तर रात अलि छिप्पिसकेको हुँदा स्कुटिको स्टेरिङ्ग बटार्ने हिम्मत आएन र त्यो रात म त्यहाँ बस्नुपर्ने अबस्था आयो।मैले तेहि घरको एकजना मित्रलाइ भने मलाई सुत्ने ब्यबस्था मिलाइदिनु पर्ने भयो ।उहाँले एकछिन भन्दै फेरि रमाइलो तिर लाग्नु भयो ।एकजना मित्रले मदिराको तालमा दोहोरी गित गाउँन सुरु गर्नुभयो ।अन्य मित्रहरु उहाँलाई कस्तो पाखे भनेर कानेखुशी गर्नथाल्नुभयो र सुरु गर्नुभयो हिन्दी गित ।

 

उहाँहरुले हिन्दी गित गाउँदा यस्तो महसुस गरिरहनु भएको थियो कि उहाँहरु जत्तिको आधुनिक मान्छे अरु कोहि छँदै छैन।कोहि साथिहरु प्रेमका कुरा गर्न थाल्नुभयो र उहाँहरुको कुरा सुन्दा लाग्थ्यो सन्सारकै खुशी मान्छे उहाँहरुनै हो प्रेमको मामिलामा ।फेरि अलि परको अर्को समुहमा प्रेम घृणा बाहेक केही हैन भन्ने तर्क चलिरहेको थियो।आफुलाइ भने यो सब रमाइलो लाग्दैन सुत्न पाय हुनि भन्ने उद्देश्यले मैले मित्रलाइ फेरि अनुरोध गरे र उहाँले एउटा रुम देखाइदिनु भयो म सुते।बिहानीपख लगभग चार बज्न लाग्दा ब्युझेछु साथिहरु सुत्नु भएको थिएन । ब्युझेपछाडी मलाइ पनि निद्रा लागेन चिसो भएको कारण उठ्न मन लागेन र ओछ्यान मै पल्टिरहे।साथिहरु अब चाहिँ सुत्ने तरखरमा हुनुहुन्थ्यो ।बिहान छ बज्यो म उठे र निस्कने तरखर गर्नै लाग्दा गेट बाहिरबाट खुल्यो ।

 

एकजना पुरुष भित्र आउनुभयो उहाँको पछिपछि एकजना नाबालिका पनि थिइन ।हिजो बिहानदेखी नै चलेको त्यो पार्टिले घरको कम्पाउन्ड एक्दमै फोहोरले भरिएको थियो। कोठाहरुमा मदिरा पोखिएको थियो ,बोतलहरु छरपस्ट थिए चुरोटका ठुटाहरु जहाँतहि थिए। एकाबिहानै त्यो पुरुषको पछि लागेर ती नाबालिका तेहा आउनुको कारण जब बुझेँ मन भक्कानियो र धेरै समयपछि आँखाबाट आँशुको बर्षा भयो।ती पुरुषले जब कुचो देखाएर सफा गर्नुपर्ने एरिया तोकिदिए, अलिपरको जुठा भाँडाकुँडा देखाइयो,कोठामा पोखिएको मदिराको आहललाइ सफा गर्नुपर्ने ,बोटलहरु मिलाएर राख्नुपर्ने यी यस्ता कामहरुको लिस्ट बताइएपछी बालिका कुचो समायर कोठाभित्र छिरिन्।यो सबै देखिसकेपछी निस्की हाल्न सकिन मन भारी भयो।

 

एकैछिन पछि एक पछि अर्को गर्दै अन्य धेरै गन्यमान्यको फेरि उपस्थिति भयो चिया खाने बहानामा।ठुलो समुहमा रहेका मित्रहरुले चलचित्रसँगै राजनितीका कुरा गर्नुभयो ।म भने एकशब्द बोल्न सकिन । यो सबै हुनुमा को दोशी भन्ने प्रश्नले घच्घचाइरहयो ।हरेक बर्ष राज्यले मनाउदै आएको अन्तर्राष्ट्रिय बालदिबस मजाक लाग्यो मलाइ ,विभिन्न संघसंगठनका बालबालिका सम्बन्धि नाराले घोँच्यो,राज्यको कानुनको कुराले दिक्क बनायो।धेरै बालबालिकाहरुको अबस्था यस्तो छ यस्मा दोषी को हो रु राज्य,अभिभावक ,वा यसरी काममा प्रयोग गर्ने मान्छे ? कुनै पनि बालबालिकालाइ श्रममा लगाउन नपाइने भन्ने कानुन ब्यबहारमा प्रयोगमा आउन नसक्नु,अभिभावकले पनि बालबालिका प्रयोग गरेर आर्थिक राहत खोज्नु र यसरी काममा प्रयोग गर्ने मान्छेले थोरै पैसामा प्रयोग गर्न खोज्नु जस्ता कारणहरुले बालबालिका श्रमषोसणमा परेको देखिन्छ।

 

यी सबै समस्याहरुको समाधानको लागि सबैभन्दा पहिला त राज्यको कानुन ब्याबहारमा तत्काल लागू हुनु पर्यो ,अभिभावक जसले बच्चालाई यसरी काममा लगाउनुहुन्छ उँहाहरुको बाध्यता पनि हुन सक्छ तर बालबालिकाको प्रयोगबाट आउने थोरै पैसामा आफ्ना बालबालिकाको श्रमसोसण भएको छ भन्ने कुरा राज्यले बुझाउन सक्नुपर्यो र जसले बालबालिका प्रयोग गरेर काममा लगाँउछ उ प्राय अलिकती आर्थिक हिसाबले माथिल्लो बर्गमा पर्छ ।उसले पनि नैतिक हिसाबले सोच्नुपर्यो कि राज्यको कानुनले बर्जित गरेको कार्य गराउनु उचित हो वा होइन ?
यति कुरा सोँच्दासोँच्दै ती बालिका कोठाहरु सफा गरेर भाँडाकुडाको डङुरमा पगिसकेकी थिइन् ,म निरीह भय र त्यहाँबाट निस्के।

लेखक शाेभा सापकोटा राजनीति तथा समाजसास्त्रका विधार्थी हुन्।


सम्बन्धित खबरहरु