प्रेम एकता

पूर्णिमा प्रतिविम्ब २८ कार्तिक २०७७, शुक्रबार १२:५६ मा प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

ए प्रिय, आऊ
हाम्रो मायाको एजेन्डा बनाऔं
तिमी र म बिच एकता गरौं

आजैका दिन देखि
हामी एक अर्काको
परिचय सोध्ने छैनौं ।

आजैका दिन देखि
जात र वर्णको
खाडल खन्ने छैनौं ।

आजैका दिन देखि
धर्म र वर्गको
विभाजन हुने छैन ।

 

हाम्रो घर नेपाल
हाम्रो परिचय नेपाली हुनेछ ।
तिमी एक पुरुष,
म एक महिला
हामी केवल मानव जाति हुनेछौं ।
आजै बाट हामी मानवताको धर्म मान्नेछौं।

 

हो, प्रिय आऊ
हातमा हात मिलाऊ
हाम्रो एजेन्डा पूरा गरौं
तिमी र म बिच एकता गरौं
हाम्रो एकताको नाम
‘प्रेम एकता’ हुनेछ ।।

रचनाकार पूर्णिमा प्रतिविम्ब कवि हुन् ।


सम्बन्धित खबरहरु