६ लाख ८४ हजार रुपैयाँ नक्कली नोट सहित तीनजना पक्राउ

ओकेखबर संवाददाता २७ कार्तिक २०७७, बिहीबार २१:५१ मा प्रकाशित ( साल अघि) ५३० पाठक संख्या

सिरहा सिरहाको गोलबजार गोलबजार नगरपालिका ६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोट सहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार उनीहरुको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका ७ भेडियाका २५ वर्षीय बिमलेन्द्र नायक, गोलबजार नगरपालिका १२ बेतौनाका २५ वर्षीय धिरज राय र सोही ठाउँका २० वर्षीय सन्जय राय रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचनाअधिकारी तथा डिएसपी शालिकराम शर्माले जानकारी दिए ।

गोलबजार सशस्त्र प्रहरीको सुचनाको आधारमा नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । प्रहरीको खोजीका आधारमा उनीहरु स्थानीय बिरेन्द्र महतोको घरमा डेरा गरी बस्दै आएको पनि खुलेको छ । प्रहरीले उनीहरुको साथबाट पैसा छाप्न प्रयोग गरिने ल्याटप र प्रिन्टर पनि बरामद गरेको छ । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबरहरु