लोकसेवाले माग्यो ३०० जना प्राविधिक अधिकृत

ओकेखबर संवाददाता २६ कार्तिक २०७७, बुधबार ०९:०१ मा प्रकाशित ( साल अघि) ४७२ पाठक संख्या

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको प्राविधिक पदमा आवेदन मागेको छ।

विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन निकालेको हो। ७० प्रतिशत खुला र ३० प्रतिशत आन्तरिक बढुवाको विज्ञापन रहेको लोकसेवा आयोगले जनाएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त स्वास्थ्यतर्फ सातौं आठौं तह र निजामतीतर्फ राजपत्राङ्कित तृतीय श्रेणीको अधिकृत पदमा पदपूर्तिका लागि केही समयअघि मात्रै माग पठाएको थियो।

सामान्य प्रशासनको यही मागका आधारमा लोकसेवा आयोगले पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको हो।


सम्बन्धित खबरहरु