‘अझै कति सहने ?’ नामक स्वतन्त्र अभियानको आह्वानमा प्रदर्शनमा किशोरीहरुले बलात्कार र महिला हिंसाविरुद्ध प्लेकार्ड बोकेका थिए ।
शनिबार देशभर यो समूहले बला’त्कार विरुद्ध कानुन परिवर्तनको सातवटा माग राख्दै प्रदर्शन गरेको छ ।
उनिहरुले जबरजस्ती करणीमा हदम्याद नलाग्ने व्यवस्था, जबर्जस्ती करणी कसुर भए कम सजाय तोक्न नमिल्ने व्यवस्था, राष्ट्रपतिद्धारा यस कसुरमा माफी, मुल्तवी, कम सजाय दिन नमिल्ने व्यवस्था गर्ने, कम सजाय हटाई १८ वर्ष मुनिकालाई जन्मकैद र १८ वर्ष माथिकालाई आजीवन कारावास, करणी सम्बन्धी कानुनमा महिला शब्द हटाइ व्यक्ति र बालिका शब्द हटाइ बालबालिका शब्द राख्ने, अदालती प्रक्रिया सुरु नभए सम्म राष्ट्रिय महिला आयोग र मानव अधिकार आयोगका १/१ प्रतिनिधि हरबखत रहन सक्ने गरी कानुनी व्यवस्था मिलाउने, कुनै प्रमाण नष्ट गरेमा वा लापरवाही गरेमा दण्डको व्यवस्था गर्ने लगायतका माग रादेका छन् ।
पछिल्लो समय बला’त्कारका घटना हुने र दोषीले सजाय नपाउने अवस्था सिर्जना भएपछि यो समूह सक्रिय रहँदै आएको छ ।