हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता ११ कार्तिक २०७७, मंगलवार ०८:०९ मा प्रकाशित ( साल अघि) ६१६ पाठक संख्या

काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेको जानकारी सामाजिक सञ्जाल फेसबुक मार्फत् गजुरेलले दिएका छन् ।

बिहीबारपछि टाउको दुख्यो, शुक्रबार ९८ डिग्रीसम्म ज्वरो देखियो र शनिबार ढाड दुखेपछि गजुरेलले पीसीआरका लागि स्वाब दिएका थिए । गजुरेलले सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

‘बिहिबारदेखि नै आइसोलेसनमा छु । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा पालना सहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुने खालका लक्षण छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

‘मलाई विश्वास छ, मेरो शरीरमा प्रवेश गरेको यो भाइरस मेरो शारीरिक, मानसिक र आध्यात्मिक ऊर्जा भन्दा बलियो पक्कै छैन’, उनले फेसबुकमा भनेका छन्, ‘त्यसैले मैले यो भाइरसलाई मेरो शक्तिशाली ईम्युन सिस्टममा स्वागत गरिसकेको छु । तपाईंहरुको शुभकामनाले त मेरो शरीरको जीत र भाइरसको हार झन् चाँडो हुनेछ ।’


सम्बन्धित खबरहरु