कोरोना संक्रमणबाट कांग्रेस नेताको निधन

ओकेखबर संवाददाता ९ कार्तिक २०७७, आईतवार १३:५६ मा प्रकाशित ( साल अघि) २२६ पाठक संख्या

मोरङ । कोरोना संक्रमणका कारण विराटनगरमा नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य ५४ वर्षीय दिना मण्डलको मृत्यु भएको हो ।

कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिका–८ का मण्डललाई उपचारका लागि विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा शनिबार बेलुका मृत्यु भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

सामाजिक क्षेत्रमा सक्रिय मण्डलको अवस्था गम्भिर भएपछि विराटमा उनको प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको थियो । उपचारका क्रममा उनको शनिबार बेलुका मृत्यु भएको हो ।


सम्बन्धित खबरहरु