सुन्धारामा रहेको मस्जिदमा अज्ञात समूहद्धारा डाेजरै लगाएर तोडफोड

ओकेखबर संवाददाता ८ कार्तिक २०७७, शनिबार १६:३३ मा प्रकाशित ( साल अघि) १९९ पाठक संख्या

काठमाडौं । काठमाण्डौको सुन्धारामा रहेको मुसफिर मदनी मस्जिदमा अज्ञात समूहले डोजर नै लगाएर तोडफोड गरेको छ । निर्माणधीन धरहराको ठिक पछाडि ६ आना ३ दाम क्षेत्रफलमा रहेको मस्जिदको स्वामित्व नेपाल सरकारसँग रहेको छ भने भोगचलन मस्जिद व्यवस्थापनले गर्दै आएको छ ।

भूमाफियाले जग्गा हडप्न मस्जिद भत्काउने काम गरेको मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बताएका छन् । यसअघि पनि पटक–पटक भूमाफियाले जग्गामा आँखा लगाएर मुस्लिम समुदायलाई धम्क्याउँदै आएको अध्यक्ष अन्सारीले बताएका छन् ।

यस्तै मस्जिद रहेको काठमाण्डौ महानगरपालिका २२ की वडा सदस्य गीता परियारले वडाध्यक्षको संलग्नतामा केही भूमाफियाले सधैँ मस्जिद खाली गर्न धम्क्याउने गरेको घटनाको मुस्लिम सङ्घले समेत विरोध गरेको छ ।

मुस्लिम सङ्घका अध्यक्ष अब्दुल सतारले यो घटना मस्जिदमाथिको आक्रमण मात्रै नभएर सम्पूर्ण नेपाली मुस्लिममाथिको आक्रमण भएको बताएका छन् । यो मुसफिर मदिनी मस्जिद २०७२ सालको भूकम्पले धरहरा ढल्दा क्षतिग्रस्त बनेको थियो ।


सम्बन्धित खबरहरु