काेरोना सङ्क्रमितको संख्या एक लाख ५० हजार नाघ्याे, थप १७ जनाकाे मृत्यु

ओकेखबर संवाददाता ७ कार्तिक २०७७, शुक्रबार १७:१५ मा प्रकाशित ( साल अघि) २४६ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ५० हजार नाघेको छ । गएको २४ घण्टामा चार हजार चार सय ९९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको संख्या एक लाख ५३ हजार आठ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार आठ सय ६३ जनाको पीसीआर परिक्षण गरिएको थियो । आज थपिएका सङ्क्रमित मध्ये दुइ हजार सात सय २० जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् ।

यस्तै गएको २४ घण्टामा दुइ हजार छ सय ६८ जना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या एक लाख पाँच हजार चार सय ८८ पुगेको छ ।

अब नेपालमा ४६ हजार छ सय ९१ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा १७ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खबरहरु