मुस्ताङमा स्याउ व्यापार भ्याई नभ्याई

अनुप बानियाँ ७ कार्तिक २०७७, शुक्रबार १०:२६ मा प्रकाशित ( साल अघि) ३४७ पाठक संख्या

म्याग्दी । भिरमुनीका नविन खत्री एक महिनादेखि मुस्ताङको विभिन्न स्थानका स्याउ बगानमा छन्। लटरम्म स्याउको हाँगो नै भुईमा झुकाएर फलेका रिचर्ड,रोयल र गोल्डेन जातको स्याउ टिपेर म्याग्दीको सदरमुकाम बेनी लगायत पोखरा, काठमाडौ चितवन,बुटवल पठाउँछन् ।

मुस्ताङ्गमा टिपेको स्याउ म्याग्दीको सदरमुकाम बेनी बजारमा करिब ८ घण्टा भित्रै आइपुग्ने गरी आवश्यक सवारीसाधनको समेत ब्यवस्था मिलाएका छन् । स्याउ टिपेर प्याकिङ गरी बेनीसम्म ल्याउन खत्रीसँगै सुशिल खड्का, विष्णु गौतम, र चिरञ्जीवि पौडेलले लगानी गरेका छन् । सरकारी फार्मको अर्गानिक स्याउ साथै अन्य स्थानका स्याउहरु बजारमा लैजादा पाएपछि यूवाहरु हर्षित छन् भने व्यापार पनि भ्याई नभ्याई छ ।


मुस्ताङको अर्गानिक स्याउ प्रति केजी बेनीबजारबाटै १ सय ४० रुपैयाँका दरले विक्री गरेको शुसिल खड्काले बताए । ‘मुस्ताङको विभिन्न स्थान लगायत मार्फा मा रहेको शितोष्ण बागवाणि बारीमा टिपेको स्याउ एकै दिनमा विक्री गर्न गरी बेनी लगायत पोखरा काठमाडौ चितवन बुटवल ल्याउँछौ, ग्रेडिङ्ग गरि बजार मा लगिएकोले ग्राहकको माग पूरा गर्नु गाह्रो भैरहेको नवीन खत्रीले भने ।

व्यवसायमा यूवाहरुले ५० लाखको लगानी गरेका छन्। स्याउ बारीमै रोज्जा स्याउको अर्डर अनुसार घरमै पुर्याइदिने यूवाहरुले बताएका छन् । ‘पहिलोबर्ष भएकाले हामीले बजारमा सम्बन्ध स्थापितको रुपमा लिएका छौ! ‘सस्तो मात्रै छैन् रोजेको स्याउ पाइन्छ’ । उनले कार्टुनमा खरिद गर्दा प्रति केजी १ सय ३५ रुपैयाँमा दिने गरेको बताए ।


सम्बन्धित खबरहरु