जनता नहेर्ने सरकारलाई केको कर ? : कांग्रेस

ओकेखबर संवाददाता ४ कार्तिक २०७७, मंगलवार १६:४१ मा प्रकाशित ( साल अघि) ३१४ पाठक संख्या

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमितलाई आफैँ उपचार गर भन्नु सरकार दायित्वबाट विमुख भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले जनता नहेर्ने सरकारले कर उठाउने सामर्थ्य पनि नराख्ने जिकिर गरेका छन् ।

शर्माले समाजिक सञ्जाल ट्वीटमार्फत उपचार गर्दिनँ भन्ने सरकारलाई जनताले कर तिर्दिनँ भन्ने जवाफ फर्काएमा कसरी धान्न सकिन्छ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।

उनले कोरोनाको उपचार निःशुल्क गर्ने घोषण अविलम्ब गर्न आग्रह गरेका छन् । अन्यथा ‘नो ट्रिटमेन्ट नो ट्याक्स’ को अभियान सञ्चालन गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

उनले यस्तो जनअभियानको सामाना गर्न तयार रहन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।


सम्बन्धित खबरहरु