टाउको का’टेर शिक्षकको ह’त्या गरिएपछि…

ओकेखबर संवाददाता ३ कार्तिक २०७७, सोमबार ०९:३९ मा प्रकाशित ( साल अघि) ४०४ पाठक संख्या

एजेन्सी । इस्लामिक अतिवादीले टाउको काटेर शिक्षक स्यामुअल पटीको हत्या गरेको घटनाको विरोधमा फ्रान्सभरि हजारौँले प्रदर्शन गरेका छन् ।

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै शुक्रवार एक चेचेन युवाले पटीको टाउको काटेर हत्या गरेका थिए ।

पेरिसमा भेला भएका प्रदर्शनकारीले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए । पेरिसमा एक स्कुल नजिकै स्यामुअल पटीको हत्या गरिएको थियो ।

त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको पनि प्रहरीको गोलीबाट मृत्यु भएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११ जना पक्राउ परे पनि त्यसबारे कुनै जानकारी दिइएको छैन ।

घटनालगत्तै पक्राउ पर्नेमा ती सन्दिग्ध व्यक्तिका चारजना नजिकका आफन्तसमेत छन् । शनिवार थप पक्राउ गरिएकामा एकजना विद्यार्थीका बाबु र अतिवादी इस्लामिक भनिएका एकजना धर्मप्रचारकसमेत छन्।

राष्ट्रपति इमानुएल म्याक्रोँले सो हमलाले सबै ‘इस्लामिक आतंकवादी हमलाको सीमाना पार गरेको र अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको बताएका छन् ।

सन् २०१५ मा एउटा व्यङ्ग्य पत्रिका शार्ली एब्डोमा पैगम्बर मोहमदको कार्टुन छापिएको विषयमा भएको हमलाका आक्रमणकारीमाथिको अदालती सुनुवाइ भइरहेका बेला यो घटना भएको हो ।

सन्दिग्ध हमलाकारी घटनास्थलभन्दा झण्डै १ सय किलोमिटर टाढा बस्थे । शुक्रवार मध्याह्न उनी पटीले पढाउने स्कूल पुगेर विद्यार्थीहरूलाई शिक्षक चिनाउन आग्रह गरेका थिए।

मस्कोमा जन्मिएका चेचेन मूलका १८ वर्षीय अब्दुल्लख ए को ती शिक्षक र विद्यालयसँग कुनै सम्बन्धबारे पत्ता लागेको छैन । उनले शिक्षक पटी घर जाने समयमा पछ्याएर छुरीले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।


सम्बन्धित खबरहरु