काठमाडौं उपत्यकामा थपिए काेराेनाका १७४६ संक्रमित

ओकेखबर संवाददाता १ कार्तिक २०७७, शनिबार १६:५७ मा प्रकाशित ( साल अघि) ४६७ पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १७४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जना संक्रमित थपिएका छन् ।

त्यसो त शनिबारसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमितले ज्यान गसमाएसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।


सम्बन्धित खबरहरु