थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि

ओकेखबर संवाददाता १ कार्तिक २०७७, शनिबार १६:५० मा प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप ३ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको छ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । भने पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमितले ज्यान गसमाएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।


सम्बन्धित खबरहरु