कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने

ओकेखबर संवाददाता १ कार्तिक २०७७, शनिबार १०:१४ मा प्रकाशित ( साल अघि) २३९ पाठक संख्या

काठमाडौ‌‌ । घटस्थापनादेखि कोजागत पूर्णिमासम्म देशभरका अदालत बन्द हुने भएको छ।

विगत वर्षमा जस्तै बडादशैँको अवसरमा कात्तिक १ गतेदेखि १५ दिनसम्म सबै अदालत बन्द रहने भएको हो। अदालतबा नियमित सेवा बन्द हुने भए पनि बन्दीप्रत्यक्षीकरणका लागि भने अदालतहरु खुला रहने सर्वोच्चले जनाएको छ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसार तीन दिनभन्दा बढी अदालत बन्द हुने भएमा बन्दीप्रत्यक्षीकरणका लागि अदालत खुला राख्नुपर्ने व्यवस्था छ।

जसअनुसार सर्वोच्च अदालत शनिबारबाहेक सबै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ।

त्यस्तै उच्च अदालत रहेको जिल्लमा उच्च अदालत र जिल्ला अदालत मात्र भएका जिल्लामा जिल्ला अदालत खुला रहनेछ ।


सम्बन्धित खबरहरु