नायब सुब्बा र खरिदारको परीक्षा मिति सार्वजनिक (तालिकासहित)

ओकेखबर संवाददाता २८ आश्विन २०७७, बुधबार १३:०७ मा प्रकाशित ( साल अघि) ५३९ पाठक संख्या

काठमाडौं । लोकसेवा आयोगले कोरोना भाइरस संक्रमणका कारण रोकिएको नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ।

आयोगले आज एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते सुरु भई २३ गते सकिने छ।

खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ।


सम्बन्धित खबरहरु