थप १० संक्रमितकाे मृत्यु, मृतक संख्या ६०० पुग्याे

ओकेखबर संवाददाता २३ आश्विन २०७७, शुक्रबार १७:०५ मा प्रकाशित ( साल अघि) ४३५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो २४ घण्टामा मुलुकभर थप १० जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ्रिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौंका महिला र पुरुष १/१ जना, ललितपुरका एक पुरुष रहेका छन् । यसैगरी झापाका २ जना पुरुष, सुनसरीका तीन जना पुरुष र रुपन्देहीका २ जना पुरुष रहेका छन् ।

यस्तो छ मन्त्रालयको विवरण :


सम्बन्धित खबरहरु