पारदर्शी सञ्चालनकाे माग राख्दै गणेशमान सिंह बहुमुखी क्याम्पसमा तालाबन्दी

ओकेखबर संवाददाता २१ आश्विन २०७७, बुधबार १८:०५ मा प्रकाशित ( साल अघि) ३५१ पाठक संख्या

काठमाडौं । काठमाडौंको कलंकी स्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । क्याम्पसलाई पारदर्शी ढंगबाट चलाउनुपर्ने लगायतका विभिन्न माग राखेर विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् ।

क्याम्पस प्रमुखमार्फत व्यवस्थापन समितिलाई असोज ९ गते आफुहरुले बुझाएको ज्ञापनपत्रलाई वेवास्ता गरिएको भन्दै उनिहरुले असोज १३ गतेदेखि क्याम्पसमा ताला लगाएका हुन् ।

सञ्चालक समितिले गरेको निर्णय खारेज गर्नुपर्ने, शुल्क वृद्धि गरि असुल गरिएको शुल्कको यथार्थता सार्वजनिक गर्नुपर्ने, शुल्क वृद्धि सम्बन्धि भ्रम फैलाउने व्यक्ति सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेर तालाबन्दी गरेको विद्यार्थी एम एन इटनीले जानकारी दिए ।

यसअघि गत पुष २८ गते पेश गरेको ७ बुँदे मागका सम्बन्धमा पनि प्रशासन मौन रहेको प्रति आफुहरुको आपत्ति रहेको उनले बताए ।

यसका साथै पब्लिक क्याम्पस प्राध्यापक संघ, गणेशमान सिंह बहुमुखी क्याम्पस इकाई समितिका अध्यक्ष रवी खनालले विज्ञप्ती जारी गरी आफूहरुको सहमति विपरित क्याम्पसका अध्यापनरत प्राध्यापकमध्ये सबैभन्दा कनिष्ट प्राध्यापकलाई सहायक क्याम्पस प्रमुख नियुक्ति गरेको प्रति आपत्ति जनाएका छन् । उनीहरुले नियुक्ति यथाशीघ्र सच्याउन माग गरेका छन् ।

आफुहरुका माग सम्बोधन नभएसम्म अनलाइन कक्षा सञ्चालन गर्न नसकिने समेत बताएको छ । क्याम्पसलाई पारदर्शी, विधि र विधान अनुरुप सञ्चालन गर्नुपर्ने माग लामो समयदेखि गर्दै आएपनि सुनुवाई नभएको गुनासो प्राध्यापकहरुको छ ।

 


सम्बन्धित खबरहरु