कोरोनासँगको लडाइँमा मेरो अनुभव

शोभा सापकोटा २१ आश्विन २०७७, बुधबार १२:२६ मा प्रकाशित ( साल अघि) १२९० पाठक संख्या

विश्वलाई नै आक्रान्त पारेको कोभिड-१९ चिनको वुहान भन्ने शहरबाट सुरु भयो। अहिले विश्वका धेरैजसो देशले यसको असर खेपिरहेका छ्न्। विश्वमा जतिसुकै शक्तिशाली भनिएका राष्ट्रहरुले पनि यसलाई नियन्त्रण गर्न सकिरहेको अवस्था छैन । विश्वमा फैलिरहेको कोभिड-१९ ले नेपाललाई पनि अछुतो राखेन ।

अहिलेको अवस्थामा त झन् संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। यसैको एउटा संक्रमितको संख्यामा गनिन पुगे म। २०७७/०६/०६ गते अलिअली श‌का लागेकोले टेकु अस्पतालमा टेस्ट गरे। भोलिपल्ट अस्पतालबाट कोरोना संक्रमण पुष्टि भएको खबर आयो। झसङ्ग भए, मन डरायो तर सम्हालिनुको विकल्प थिएन।

 

त्यसपछी मेरो पहिलाको दैनिकी परिवर्तन भयो । बिहानदेखि बेलुकासम्म स्वास्थ्यको ख्याल गर्नतिर लागे। स्वास्थ्य सम्बन्धि डब्लु.एच.ओ को मापदण्डअनुसार र नेपाल सरकारको प्रोटोकललाई आफ्नो दैनिकिमा प्रयोगमा ल्याए र अगाडि बढेँ । खासै नराम्रो कुरा मनमा आउन नदिन कोशिस गरे । यसको बाबजुत पनि मन न हो घरी-घरी डर भने लाग्ने कतिपय औसधि उपचार सम्भव भएका रोग लाग्दा त मनमा डर लाग्छ भने यो त झन् कुनै औसधि नै पत्ता नलागेको रोग भन्ने कुरा मनमा आउने । अब केही हुने हो कि, निको हुने हो कि नाई ? भन्ने कुरा नि आउने । तर सकेसम्म हर कशिस गरे । नकारात्मक कुरा मनमा आउन नदिन। मलाइ कोरोना पुष्टि भएपनि खासै लक्षण भने देखिएन। त्यहि तीन दिन जति रुघा लाग्यो, चार दिन जति कुनै पनि गन्ध थाहा पाइन । यो भन्दा खासै अरु केहि भएन।

मैले कोरोना (अनुभव)समयलाई बुँदागत रुपमा यसरी समेटे।

१. दैनिकी:
बिहान उठ्नेबित्तिकै दुई गिलास उमालेको मनतातो पानी खाने, अनि आधा घन्टा शारीरिक व्यायम गर्ने। त्यसपछी गुर्जो पानी आधाकप खाने ,यो पछाडी तातो पानीको बाफ लिने, बाफ लिइसकेपछl एक गिलास दूध, दुई पिस ब्रेड, अनि एउटा उसिनेको अण्डा खाने, अनि एकछिन पछाडि एक गिलास कागती पानी (तातो पानीमा) र केही समयपछि बिहानको खाना खाने,त्यसको आधा घण्टामा बेसार, अदुवा, जिरा, मेथी, ज्वानो पुदिना, तुलसिको पात, थोरै नुन हालेर मज्जाले पकाएर खाने अनि एकछिन आराम गरि फेरि दिउसोको बाफ लिने र खाजा खाने । अनि कालो चिया मरिच राखेको खाने, साँझ फेरि आधा घण्टा शारिरिक व्यायम गर्ने र माथी उल्लेखित घरेलु सामाग्री प्रयोग गरेर बनाएको बेसार पानी खाने एतिबेलासम्म साँझको खाना खाने समय हुन्छ ७:३0 देखि ८:00 सम्ममा साँझको खाना खाने फेरि एकपटक बाफ लिने अनि एक गिलास दुधमा एक चम्चा बेसार हालेर खाने र नौ बजे सुतिसक्ने। यो बिहान देखि साँझसम्मको समयमा पटक पटक गरि तीन लिटर जति उमालेको पानी खाने। यसरी दैनिकी बित्ने गर्दथ्यो।

२. समय कटाउन यस्ता उपाय:
खासै लक्षण नदेखिएको र समस्या नभएको कारणले साथीभाई, घरपरिवार, र आफन्तसँग फोनकल म्यासेनजर कल गर्ने, च्याट गर्ने, युटुबमा मनोबल उच्च बनाउने भिडियोहरु हेर्ने, अनि विभिन्न किसिमका लेखहरु लेख्ने, रमाइला गित सुन्ने आदि।

३. औसधिको प्रयोग :
मलाई सामान्य रुघा लागेको हुँदा २ दिन साइनेक्स खाएँ । एकदिन अलिअलि टाउको दुखेको हुनाले एउटा निको खाएँ । त्यो बाहेक भिटामिन सि र भिटामिन डि खाएँ । स्वाद आउनका लागि चाहिँ केही औसधि थाहा पनि भएन अनि खाइन पनि ।

४. कोरोना के हो के होइन ?

कोरोना आत्त्तिनु पर्ने रोग हैन यो भन्दैमा सानो लापरबाहीले जोखिम पनि उत्तिकै हुन्छ।संक्रमितको एकदम थोरै प्रतिशतमात्रै मृत्यु हुँदा पनि त्यो क्षति एउटा परिवारको लागि अतुलनीय हुन्छ।त्यसैले नडराँउ तर सचेत धेरै नै बनौ।

५. राज्यले मप्रति बहन गरेको उत्तरदायित्व :
मैले कोरोना टेस्ट मैले बिना शुल्क गरे । टेकुमा टेस्ट गरिसकेपछि स्वास्थ्य विभागबाट पनि कल गरेर अवस्था बुझ्नुभयो। त्यसपछिको जिम्मा आफू बसिरहेको वार्डमा हुदो रहेछ। वार्डबाट कल गरेर बुझ्ने, केही समस्या आएको अवस्थामा सहयोग गर्ने कुराले आत्मबल अबस्यपनी बढ्यो तर एउटा कुरामा अलिकती गुनासो पनि रह्यो के भने अहिले सबै बिरामिलाइ अस्पतालमा लगेर राख्न सक्ने अवस्था छैन । जतिपनि संक्रमीत घरमै आइसोलेसनमा हुनुहुन्छ उहाँहरुलाइ फोनबाट मात्र बुझ्ने भन्दा पनि त्यो ठाउँमा गएर बुझ्दा अनुगमन गर्दा राम्रो हुने जस्तो लाग्यो। किनकी कति बिरामी त आइसोलेसन भन्ने परिवारका सदस्यहरु बाट नअलग्गिने गर्दा संक्रमित बढ्ने होकि भन्ने चिन्ता रह्यो।

 

६. कोरोना संक्रमित हुँदा घरमै भेट्न आउने एउटा मान्छे:
म त अचम्मै परे यो कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भएको कारण भौतिक रुपमा उपस्थित भएर भेट्न सक्ने अवस्था रहन्न। जोखिम मोल्नु पनि हुन्न । यहि बिचमा कुनै खबरबिना घरमै भेट्न आउने मेरो आदरणीय दिज्जु बिनिता काफ्ले म कसरी शव्दमा व्यक्त गरौ ? तर यो भन्दैमा अरु आउनु भएन भनेर गुनासो कदापी छैन है । यो रोग त्यसरी उपस्तिथि हुन सक्ने अवस्थाको हैन।

७. अबको मेरो योजना:
अबको एक हप्ता अझै म यसरी नै घरमा बस्नेछु । त्यसपछि बिस्तारै कोरोना संक्रमीत हुनुभन्दा अगाडिको आफ्नो दैनिकिमा फर्कनेछु । अहिले एउटा अभियान चलिरहेकाे छ नेपालमा, कोरोना संक्रमितहरुको सहयोगको लागि (मैले जिते कोरोना म गर्छु प्लाज्मा-रक्तदान) भन्ने यसको अभियान्ता दाइ प्रकाश भुजेल, नारायण घर्ती हुनुहुन्छ। यो अभियानको मुख्य उदेश्य संक्रमण भएर संक्रमणमुक्त भएकाहरुले संक्रमितहरुलाई रगत प्रदान गर्दा उसलाइ कोरोना जित्न सहज हुन्छ । योसँगै बिरामीहरुलाइ आत्मबल बढाउन भुमिका खेल्ने हुन्छ। यहि अभियानमा प्लाज्मा रक्तदान गर्ने र बिरामीको आत्मबल बढाउन आफ्नो ठाउँबाट सक्दो भुमिका खेल्नेछु।

८. अन्तमा सम्पुर्णमा धन्यवाद :
कोरोना पुष्टि भएको दिनदेखि आजसम्म हरतवरले विभिन्न माध्यमबाट फोन म्यासेज, फेसबुक अन्य हरतवरले स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा नमन! धन्यवाद ।।।

लेखक शोभा सापकोटा, समाज शास्त्र तथा राजनीति शास्त्रका विद्यार्थी हुन् ।


सम्बन्धित खबरहरु