फेसबुकले हटायो ट्रम्पका विवादित स्ट्याटस

ओकेखबर संवाददाता २१ आश्विन २०७७, बुधबार ०७:१८ मा प्रकाशित ( साल अघि) ५५२ पाठक संख्या

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विवादस्पद स्ट्याटसलाई फेसबुकले डिलिट गरेको छ ।

मंगलबार राष्ट्रपति ट्रम्पले कोरोनाभन्दा अमेरिकामा हुने सिजनल फ्लू खतरनाक भएको भन्दै लेखेको स्ट्याटस फेसबुकले हटाएको हो । उक्त सूचनाले ‘मिसलिड’ गर्ने भन्दै फेसबुकले हटाइदिएको हो ।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले फेसबुकले ट्रम्पले पोष्ट गरेको विषयले फेसबुकको कोभिड–१९ को मिसइन्फर्मेसन सम्बन्धि नीति उलंघन गरेको बताउदै हटाएको जानकारी दिएका छन् ।

आफै कोरोना संक्रमण भएर ठिक हुनेक्रममा रहेका राष्ट्रपति ट्रम्पले आफ्नो स्ट्याटसमा लेखेका थिए – ‘फ्लूको सिजन आउदै छ । भ्याक्सिन हुदा पनि हरेकबर्ष एक लाख भन्दा बढी फ्लूबाट मर्ने गर्दछन् । के हामीले देश बन्द गर्ने ? होइन, हामीले यससँग बाच्न सिक्नुपर्छ । जसरी हामीले कोभिडसँग बाच्न सिक्दै छौं, धेरै जनसख्यामा यो कम प्राणघातक छ ।’

राष्ट्रपति ट्रम्पले सोहि सन्देस ट्वीटरमा पनि पोष्ट गरेकोमा ट्वीटरले भने आफ्नो नीति अनुसार यस ट्वीटले गलत सूचना दिएको फ्लाग लगाइदिएको छ ।

यस अघि अगस्तमा पनि फेसबुक र ट्वीटरले ट्रम्पको स्ट्याटस हटाइदिएका थिए । त्यति बेला एक अन्तर्वार्तामा ट्रम्पले बालबालिकालाई कोरोना नलाग्ने गलत दाबि गरेका थिए ।


सम्बन्धित खबरहरु