मैले बुझेको कम्युनिस्ट र देशले भोगेको कम्युनिस्ट

हिमलाल गिरी ६ आश्विन २०७७, मंगलवार २१:१४ मा प्रकाशित ( साल अघि) ८८० पाठक संख्या

कम्युनिस्ट कार्यकर्ता बहादुर हुन्छन् । अन्याय र अत्याचारको विरुद्धमा आगो ओकल्छन् । समानताका निम्ति लड्ने संसारका उत्कृष्ट मानव हुन् भन्ने सुने ।

म १५ बर्षको थिए। म कक्षा ११ मा पढ्दथे । त्यसबेला नेपालमा सघिंयता लागू भएको थियो । जताततै स्थानीय तहको चुनाव सम्पन्न भएको थियो । त्यसपछि सघिंय चुनाव हुने भन्दै देशभरका कम्युनिस्ट एक हुने निर्णय भयो । अनि मलाई बुझ्न मन लोग्यो कि, कम्युनिस्ट के हो ? पुर्व माओवादी र पुर्व एमाले एक भएको पाटीलाई कम्युनिस्ट पाटी नामाकरण त गरीयो तर के यिनिहरु साच्चै कम्युनिस्ट हुन त ?

 

मलाई कम्युनिस्टको परिचय, विषेशता र गुण बुझ्न पढ्न मन लाग्यो । घरेलु राजनीतिका मदन भण्डारीदेखि प्रचण्डसम्म र विश्व राजनीतिका माओ मन्डेला र लेनिनसगं सम्बन्धित भाषण र अन्तर्वार्ता पुस्तक हेर्न थाले मैले कम्युनिस्ट परिभाषा खोज्न थाले ।

 

मैले बुझेको कम्युनिस्टको परिचय, विषेशता भन्नू अगि म लोकतान्त्रिक पार्टिमा काग्रेंसमा आस्था राख्ने विद्यार्थी हु भनेर खुलाउनै पर्छ। म त्यति धेरै आदर्शवादी र विश्लेषक नि बन्न खोजेको होइन । यो लेख आलोचनात्मक शैलिको सम्झनुहोला तर यो मेरो अहिलेसम्मको वास्तविक बुझाई हो ।

 

मेरो विचारमा कम्युनिस्टको अर्थ काममा निष्ठावान अथवा काममा कर्तव्यनिष्ठ, मैले सुनेको कम्युनिस्ट कार्यकर्ता बहादुर हुन्छन् । अन्याय र अत्याचारको विरुद्धमा आगो ओकल्छन् । समानताका निम्ति लड्ने संसारका उत्कृष्ट मानव हुन् । कम्युनिष्ट कार्यकर्ता के प्रौढ, के युवा, के किशोर उनीहरुको रगत जहिल्यै संसारका अन्यायीहरुका विरुद्धमा उम्लिरहेको हुन्छ । नपत्याए लेनिन माओ र मन्डेलाको जिवनी बुझ्नुस् । जनता र क्रान्तिको लागि कति लागि परे ?

 

नेपालको राजनीति । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, समाजवादी पार्टी आदि । र यीनले अँगालेका राजनीतिक सिद्धान्त । मलाई कुन दल कस्तो ? कुन दलले कस्तो विचार अँगालेको छ ? नेपाल कुन विचारधाराबाट प्रभावित छ ? यो बारे बुझ्न छलफलमा कहिले जानेरै त कहिले नजानेरै आफ्नो तर्कहरु राख्न थाले । म छलफलमा आफुलाई काग्रेंसको तर्फबाट उभ्याउथे । यसले बोलिको विकास गर्न धेरै ठूलो मद्धत पुर्याउँथ्यो । यो उमेरमै त्यसरी तर्क गर्न थालेपछि सार्वजनिक रुपमा छलफल र बहस गर्न पनि उस्तै मजा लाग्न थाल्यो र रुचिको विषय बन्यो ।यसकारण कुन दल कसको ? कुन धारणा कस्तो ? भनेर छुट्याउन मलाई समय धेरै लागेन।

 

समयक्रमले काग्रेंस समर्थक भएपनि विचारको चिरफारको लागि सबै बुझ्नको लागि कम्युनिस्ट, कम्युनिस्ट कार्यकर्ता बारे बुनिएको कथा कहिलेकाँही सुन्न थाले । सुन्दा–सुन्दा कथामा जस्तै वास्तविक जीवनमै अरु भन्दा विनम्र हुन्छन्, साहसी हुन्छन्, कहि कतै झुक्दैनन् भन्ने भ्रम भने लाग्दथ्यो।

 

जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अघि बढ्ने क्षमता हुन्छ उनीहरुमा । अरुलाई ठग्दैनन्, लुट्दैनन् । अरुप्रति उत्तिकै सम्मान गर्छन् । अझ भनौँ उनीहरु व्यक्तिगत सम्पतिका विरोधी हुन् । उनीहरुको सबै जीवन राष्ट्रप्रति समर्पित गरिएको हुन्छ । यस्तो कथाले उनीहरुप्रतिको भ्रामिक विचार आउनु स्वाभाविक नै भयो ।

 

विस्तारै, पुस्तकमा जे पढिन्थ्यो त्यो नेपाली समाजमै खोज्न थालेँ । नेपालमा कम्युनिस्ट पार्टी धेरै भएपनि त्यस्ता गुणवानी नेता कार्यकर्ताको बारेमा भने खासै सुनिएन । पुर्व नेकपा माओवादी क्रान्तिमा गरेर आएपनि उनीहरुमा पुस्तकि त्यो भाव, विचार होला भन्ने लाग्थ्यो । तर व्यक्ति हत्या गरेको, अवसरको खोजिमा गरेको सम्झौतादेखि अवसरका अनेकौ कदमको खोजिको पछि कुद्ने भएकाले उनीहरुप्रति पनि विश्वास पटक्कै थिएन ।

 

त्यो बाहेक पुर्व नेकपा एमाले नेता तथा कार्यकर्तामा त्यो प्रकारको गुण होला भन्ने लाग्थ्यो । व्यक्तिगत स्वार्थ, लोभ लालच, भ्रष्टचारमा चुर्लुम्म डुबेका फोहोरी नेताहरु । वल्तिर हेर त्यस्तै, पल्तिर हेर उस्तै । ऊसलाई कम्युनिस्ट भन्न त के ‘क’ मात्र उच्चारण गरे पनि सिङ्गो विश्वका इतिहासका एतिहासिक माओ लेनिन जस्ता कम्युनिष्ट बद्नाम होला जस्तो लाग्ने ।

 

ती दुई पुर्व मिलेर बनेको तत्कालीन कम्युनिस्टलाई विस्वास गर्ने कुरै आएन । विचार मन पराएर दलमा लाग्ने व्यक्तिमा यिनिहरु मेरो त विकल्पमा नि परेनन्, कारण के हो, आज तपाईंको अगाडि निष्पक्ष मुल्यांकन गर्नुस आफै भेट्नुहुन्छ । कतिपय कार्यकर्तामा पुस्तकि त्यस्ता गुणहरु देखिन्थे पनि । उनीहरु अत्यन्त इमानदार, पार्टी र जनताको लागि भन्दा हुरुक्कै हुने । तर तिनीहरुलाई जनता र पाटी भित्र नेतृत्वको अग्रपंक्तिमा आउन दिदैनथे ।

 

नेपाल विकासको गतिमा छ, जनता समृद्धिको बाटोमा हिडेका छन् भनेर कछुवाको ताल देखाएर भ्रामिक शब्दको खेती गर्नेहरुको भिडमा यो मनले अहिले पनि एउटै मात्र भएपनी बिपि,अब्राहम लिकंन, मन्डेला लेनिन तथा माओ जस्ता नेता कार्यकर्ता खोजिरहन्छ । अहिले हाम्रो आफ्नै समाज, आफ्नै माटोमा खोज्यौँ भने बिपि, मदन तथा गिरिजा बाबू जत्तिका पात्र देख्न भेट्न पनि मुस्किल छ ।

 

अहिले नेपालले भोगेका कम्युनिस्ट उनीहरु हुन् जसले आफ्नो हातमा जे पर्छ त्यो आफ्नो व्यक्तिगत बनाइदिई हाल्छन् । सामाजिक मर्यादा पटक्कै छैन । महिला हिँसा, भ्रष्टचार, ठेक्कापट्टामा उनीहरुको अग्रसरता ज्यादा देखिन्छ ।

 

आफ्नो सिद्धान्तमै जात र धर्म पर्दैन । र पनि त्यसैको तीव्र वकालत गरिरहेका हुन्छन् । अवसर पायो कि आफ्ना सबै नैतिक आचारणलाई तिजाञ्जली दिन तयार हुन्छन् । अब भन्नुस् यस्तो अवस्थामा जनताले सुनेको, देखेको र चाहेको कम्युनिस्ट कार्यकर्ता कहाँ पाउने ? आफ्नो अनि देशको नैतिक आचारणलाई तिजाञ्जली दिन तयार हुने, अवसरको लागि आफ्नो सिद्धान्त विचारलाइ तिजाञ्जली दिन तयार हुने, व्यक्तिगत स्वार्थ, लोभ लालच, भ्रष्टचारमा चुर्लुम्म डुबेका फोहोरी नेताहरु जुनसुकै पाटिको होस् तिजाञ्जली दिन तपाईं हामी तयार हुने कि नहुने आफै सगं प्रश्न गर्नुस ?

 

कुन विचार धारणा रोज्ने, कुन लत्याउने कुन के कारणले फरक बाटो बनाउने अथवा वैचारिक सैद्धान्तिक बाटोमा आफुलाइ कुन धारबाट हिड्ने हिडाउने निर्णय तपाईंको ?

जय नेपाल
लेखक हिमलाल गिरी ने.बि.सघं बिहादि गाउँपालिका पर्वतका अध्यक्ष हुन् ।


सम्बन्धित खबरहरु