पछिल्लो २४ घण्टामा १,४५९ कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)

ओकेखबर संवाददाता ३० भाद्र २०७७, मंगलवार १८:०३ मा प्रकाशित ( साल अघि) ५२५ पाठक संख्या

काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा मुलुकभर थप १ हजार ४५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार ४५९ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ। आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १० हजार ३७५ पीसीआर परीक्षण भएसँगै नेपालमा पीसीआर परीक्षणको संख्या ८ लाख ६१ हजार ७८० पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्। योसँगै कोरोना संक्रमण निको हुनेको संख्या ४० हजार ६३८ पुगेको छ। यो कूल संक्रमितमध्येका ७१.५ प्रतिशत हो।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७१ पुगेको छ।

यस्ताे छ मन्त्रालयकाे विवरण :

 


सम्बन्धित खबरहरु