कोरोनाबाट एकैदिन ११ जनाको मृत्यु, कहाँ कति ?

ओकेखबर संवाददाता ३० भाद्र २०७७, मंगलवार १७:३५ मा प्रकाशित ( साल अघि) ४७० पाठक संख्या

मङ्गलवार अपराह्णसम्म २४ घण्टामा गरिएको परीक्षणमा १,४५९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा ११ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५६,००० नाघेको छ।

सरकारका अनुसार अहिलेसम्म ३७१ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ। अहिले देशभरि १५,७७९ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ८,१३९ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।  प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ। त्यसमा पनि काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये ४४६ महिला र १,०१३ पुरुष छन्। केही समययता महिलाहरूमा सङ्क्रमण बढेको तथ्याङ्कले देखाउँछ।

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये काठमाडौंका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ गरी राजधानी उपत्यकामा ६७६ जना छन्।


सम्बन्धित खबरहरु