काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, कुन ठाउँमा कति ?

ओकेखबर संवाददाता २९ भाद्र २०७७, सोमबार २१:१४ मा प्रकाशित ( साल अघि) ६४० पाठक संख्या

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १२ हजार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा संक्रमण देखिएको बताए।

देशभरमा अहिलेसम्म कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। तिमध्ये १० हजार संक्रमित काठमाडौ जिल्लाका रहेका छन्। काठमाडौ जिल्लामा महिला तीन हजार ३०२ र पुरुष छ हजार ७२४ जना रहेका छन्। यस्तै ललितपुरमा एक हजार १९१ जनामा ५४१ महिला र ६५० पुरुष र भक्तपुरमा एक हजार ३१ जना संक्रमितमा ४२८ जना महिला र ६०३ पुरुष छन्।

पछिल्लो पटक बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकामा संक्रमितको सङ्ख्या बढ्न थालेको हो। अहिले दैनिक ४०० को हाराहारीमा उपत्यकामा संक्रमित बढ्न थालेका छन्। आजैमात्र उपत्यकामा ५१२ जना संक्रमित फेला परेका छन्। काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना संक्रमित फेला परेका छन्।

१८ जिल्लामा एक हजार भन्दा बढी संक्रमित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखका अनुसार एक हजारभन्दा बढी संक्रमित हुने जिल्ला उपत्यकासहित १८ वटा छन्। काठमाडौ जिल्लापछि पर्सामा सबैभन्दा बढी संक्रमित देखिएका छन्। पर्सामा दुई हजार ५४४, सर्लाहीमा दुई हजार २७९, मोरङमा दुई हजार २६७, रौतहटमा दुई हजार ९, कैलालीमा एक हजार ९९०, धनुषामा एक हजार ९०३ र रुपन्देहीमा एक हजार ७८४ जनामा संक्रमण देखिएको छ।

यस्तै बाँकेमा एक हजार ४५०, महोत्तरीमा एक हजार ४२३, चितवनमा एक हजार ३४४, सुनसरीमा एक हजार ३१६, कपिलवस्तुमा एक हजार २७७, बारामा एक हजार २३७, दैलेखमा एक हजार ९९ र डोटीमा एक हजार २० जना रहेका छन्। नेपालमा अहिलेसम्म कुल ३९ हजार ५७६ जना डिस्चार्ज भएका छन्।


सम्बन्धित खबरहरु