काेराेना बाट थप ९ जनाकाे ज्यान गयाे, कहाँ कति ?

ओकेखबर संवाददाता २८ भाद्र २०७७, आईतवार १७:०१ मा प्रकाशित ( साल अघि) ५६३ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप ९ जनाको ज्यान गएको छ ।

आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।
कहाँ कतिको मृत्यु ?

प्रवक्ता गौतमका अनुसार आज देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि छ । भने पछिल्लो २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।


सम्बन्धित खबरहरु