१६ नेपाली सेनासहित गण्डकीमा थपिए कोरोनाका ३२ संक्रमित

ओकेखबर संवाददाता २८ भाद्र २०७७, आईतवार ०९:३२ मा प्रकाशित ( साल अघि) ३९२ पाठक संख्या

कास्की । गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरा र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा गण्डकीमा ३२ नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा लमजुङका १७, नवलपरासी पूर्वका आठ, स्याङ्जाका चार, कास्कीका दुई र तनहुँका एक जना रहेका छन् ।

संक्रमितमध्ये कास्कीको पोखरा महानगरपालिका १६ का २० वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी छिन् भने स्याङ्जाको पुतलीबजार ३ का ७६ वर्षीय पुरुष र कास्कीको पोखरा महानगरपालिका ९ का ७० वर्षीय पुरुष पोखरा महानगरपालिकास्थित मणिपाल अस्पतालमा उपचाररत छन् ।

लमजुङको सुन्दरबजार ९ का संक्रमित १६ पुरुष नेपाल आर्मीमा कार्यरत छन् । अन्य सबै कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ९ सय ३५ पुगेको छ ।


सम्बन्धित खबरहरु