चर्चित नायिका पुजा शर्मालाई ‘लिन आउँछु’ भन्दै कुराएपछि… (भिडियाेसहित)

ओकेखबर संवाददाता २५ भाद्र २०७७, बिहीबार १९:१७ मा प्रकाशित ( साल अघि) ७१९ पाठक संख्या

काठमाडौं । गायिका उर्मिला लाम्गादे नयाा गीत लिएर आएकी छन् । लिन आउाछु भन्थ्यौ भन्ने बोलको गीत बुढा सुब्बा डिजिटल मार्फत युट्युवमा आज सार्वजनिक गरिएको हो । लाम्गादेकै स्वरको गीतमा संगीत अर्जुन पोख्रेलले दिएका छन् । शव्द भने दिग्गज धौरालीको रहेको छ ।

लोक आधुनिक शैलीको गीतमा अहिलेकी चर्चित नायिक पुजा शर्मा र राज कटुवालको अभिनय रहेको छ । गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।
लोक आधुनिक शैलीको गीतको शव्द र संगित मन परेर आफुले गीत गाएको गायिका लाम्गादेले बताईन् । गीतलाई दर्शक श्रोताले पनि मन पराउने उनको अपेक्षा छ ।

विभिन्न गीतमा आवाज भरिसकेकी गायिका लाम्गादेले केही समय पहिले रुकुम चौरजहारी भएको घटनामा आधारित जातीय विभेद विरुद्धको चेतनामुलक गीत गाएकी थिइन् ।
गायिका लाम्गादेले भनिन्, ‘यसअघी पनि मैले विभिन्न शैलीका गीत गाएको थिए । यो गीतको शव्दले मन छोयो । अर्जुन पोख्रेलको संगितमा गाउन पाउादा आफुलाई भाग्यमानी ठानेको छु । दर्शक श्रोताले पनि उत्तिकै माय गर्नुहुन्छ भन्ने अपेक्षा छ ।’

अहिलेका चर्चित संगितकार अर्जुन पोख्रेलले पनि शव्द संगीत र स्वरको उत्कृष्ट संयोजन गीतमा रहेको बताए । संगीत संयोजनको दृष्टिकोणले पनि यो गीत आफुलाई निकै मन परेको उनको भनाई छ । पछिल्लो समय लोक आधुनिक शैलीको गीतलाई युट्युवका दर्शकले मन पराईरहेको भन्दै गायक पोख्रेलले लिन आउँछु भन्थ्यौ भन्ने बोलको गीतलाई पनि दर्शकले न्यया गर्ने बताए ।

गीतमा चर्चित नायिक पुजा शर्माले खुेलेर नृत्य गरेकी छन् । नायिका शर्मालाई राज कटुवालले साथ दिएका छन् । उनिहरुलाई नचाउन निर्देशक कविराज गहतराज निकै सफल देखिएका छन् ।


सम्बन्धित खबरहरु