शासककाे चेपुवामा विपीकाे सपना

बिन्दा बाेगटी २५ भाद्र २०७७, बिहीबार ०९:३९ मा प्रकाशित ( साल अघि) १२२९ पाठक संख्या

स्वर्गीय जन महानायक  विपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा उहाँलाई सम्झिदा नेपालको लोकतान्त्रिक प्रजातन्त्रका संवाहक ,राष्ट्रिय एकताका प्रतीक र नेपाली जनताको हक र अधिकार सहितको समाजवादी दर्शनको रुपमा सम्पुर्ण नेपाली जनताको मनमुटुमा रहेका एक महान बहुप्रतिभाशाली र एक सफल राजनेताको रुपमा इतिहास जिवित बनेको छ ।

 

विपी कोइरालाको बारेमा लेख्न थाल्दा लेखमा नयाँपन ल्याउन निकै कठिन पर्छ । किनकी उहाँको बारेमा यति धेरै लेखहरु लेखिएका छन् मात्रै लेखन शैली फरक पाईन्छ, बाँकी उस्तै । विपीका बारेमा अध्यन र अनुसन्धानहरुले धेरै कुराहरू स्पष्ट पारिसकेका छन् । पहिलो पटक जनताद्वारा निर्वाचित २२औं प्रधानमन्त्री हुनुभयो । उहाँको जन्म पिता किष्ण प्रसाद कोइराला र माता दिब्या कोइरालाको कोखबाट भएको हो । उहाँ हामी बिच हुनुहुन्न तर उहाँद्वारा प्रतिपादित बहुलवादी ,लोकतान्त्रिक समाजवादी दर्शन र नेपालीको राजनीतिक आदर्श र नेपालीको राष्ट्रिय एकता अखण्डता सार्वभौम सम्पन्न नेपालका जातजाति ,धर्म, वर्ग क्षत्रको अनेकतामा एकताको प्रतिकको रुपमा लिइन्छ ।

 

नेपालीको एतिहासिक लोकतान्त्रिकका लागि सबै आन्दोलनहरुको सफल नेतृत्व गरि नेपाललाई लोकतान्त्रिक गणतन्त्रमा पुराउने महामानव उनी अझ भनौ एतिहासिक महामानव । नेपाली राष्ट्रिय जिवनमा विपीको महत्त्वपूर्ण योगदान रहेको कुरा हामी सबैलाई अवगत नै छ त्यसैले नेपाली जनताले उहाँलाई महामानवको उपनाम दिनु भएको हो । उहाँको जीवन अवधि भन्दा उहाँको अवसान पछिको समयले सम्पुर्ण नेपाली जनतामा उहको सिद्धान्त आदर्श मुल्य मान्यता सामाजिक एवम् साहित्यक क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानलाई अझ बढी प्रकाशित परिभाषित गरेको पाइन्छ ।

 

उहाँको जन्मसताव्दी मनाइँरहदा सामाजिक संजालहरुमा पनि उहाँको चर्चा प्रष्ट रुपमै देखिन्छ। त्यसमाथि उहाले जन्माउनु भएको बिचार, नेतृत्व दिएको प्रजातान्त्रिक नेपाली कांग्रसले उहाँपछिका धेरै वर्ष नेपालीको प्रजातान्त्रिक गणतान्त्रिक सरकारको नेतृत्व गरि अनुभवहरु र वर्तमान समेत उहाँकै नेतृत्वको अनुकणमा चलेको छ । हुनत वर्तमान परिपेक्षलाई नियाल्दा उहाँका जुन सिद्धान्तमा भनिएका कुराहरू व्यवहारमा पुष्टि गर्न नसक्दा आफुलाइ बिपिको अनुयायी भन्न पनि अप्ठ्यारो हुन जान्छ।

 

उहाँको सपना, १५ वर्ष भित्रमा यो देशका सबै जनतालाई सुखी बनाउन सकिन्छ । म जस्तै एउटा मध्यम परिवार जस्तै सम्पन्न सबैलाई बनाउन सकिन्छ । जसलाई खान, लाउन पुगोस् । सबैको एउटा सफा घर होस् । १–२ वटा गाई भैँसी पनि हुन् । आफ्ना छोरा छोरी पढाउने सामर्थ्य सबैमा होस् । बिरामी परे ओखती मुलो गर्न सकुन् ।इतिहासमा उहाँको स्थान सुरक्षित छ र उहाँको दुइटा जीवन छन राजनैतिक र साहित्यक। सम्पुर्ण नेपालीका लगि दुवै महत्त्वपूर्ण र सशक्त छन् ।

उहाँको जन्म बि स. १९७१ भाद्र २४गतेका दिन भारतको बनारसमा भएको हो । उहाँको पारिवारिक पृष्ठभुमि ज्यादै संघर्षशील राजनैतिक सचेत, स्वभावयुक्त, समाजसेवी, शिक्षित स्वतन्त्र र कर्मशील प्रकृतिको देखिन्छ । विपी कोइराला नेपाली इतिहासमा एक महान् र अमर व्यक्ति हुन् । उहाँको बारेमा जति लेखे पनि अपुग, हातहरु थाक्दैनन् कलमहरु अनवरत चलिनै रहन्छन् ।

 

उहाँका अनुयायीहरुले सामाजिक संजालमा पोस्ट्याइएको कुराहरु बाट पनि प्रष्ट हुन सकिन्छ कि उहाँ कति लोकप्रिय हुनुहुन्छ भनेर अहिलेको वर्तमान स्वार्थिपन राजनीतिलाई नियालेर हेर्दा दुख लाग्छ । अहिलेका सतापक्षले विपीको आदर्शलाई कहिकतै पनि सम्मान नदिएको जस्तो आभास हुन्छ पर्खालभित्रका शासकहरुले पद कुर्सीको लागि लडाइँ लडेर नेपाली कांग्रसलाई चिरा चिरा बनाइसकेको कुरा प्रष्ट छ । दुख लाग्छ यथार्थको सामन्या ज्ञानसम्म नभएका हरुलाइ पद कुर्सी र सत्तामा धन र मानसम्मनलाइ प्राप्त गर्न्ने परिपाटी विपी ले जन्माएको पार्टीलाई भर्‍याङकाे  रूपमा प्रयोग गरेको हुन् कि भन्ने लाग्छ ।

लेखक बिन्दा बाेगटी जनमैत्री बहुमुखी क्याम्पस ने वि संघ इकाई कोषाध्यक्ष हुन्।


सम्बन्धित खबरहरु