‘प्रेम गीत ३’ निर्देशक छेतन गुरुङको निधन

ओकेखबर संवाददाता २४ भाद्र २०७७, बुधबार १३:१६ मा प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

काठमाडौं । चलचित्र ‘प्रेम गीत ३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । मंगलबार राति मेट्रो हस्पिटल महाराजगंजमा उनको निधन भएको हो ।

लिभरमा समस्या भएका छेतेन २ दिनअघि हस्पिटल भर्ना भएका थिए । उपचारको क्रममा नै उनको निधन भएको ‘प्रेम गीत’ निर्माता सन्तोष सेनले जानकारी दिए । सन्तोषका अनुसार बिहीबार छेतनको अन्तेष्टि गरिने छ ।

‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’ जस्ता सफल चलचित्र लेखेका छेतनले ‘डम्बरुको डन्डिबियो’बाट निर्देशनमा हात हालेका थिए ।

उनको लेखन तथा निर्देशनमा रहेको चलचित्र ‘प्रेम गीत ३’ कोरोनाका कारण रिलिज हुन पाएको छैन । अहिले छेतन प्रेम गीत टिमसँगै मिलेर ‘हुतुतु’ नामक चलचित्र निर्देशनको तयारीमा थिए । हाल चलचित्रको स्कृप्ट काम भइरहेको थियो ।


सम्बन्धित खबरहरु