महिलाको मुखबाट निकालियो चार फिट लामो सर्प, सुतिरहेका बेला शरीरभित्र पसेको दाबी

ओकेखबर संवाददाता १८ भाद्र २०७७, बिहीबार २३:०३ मा प्रकाशित ( साल अघि) ७६१ पाठक संख्या

एजेन्सी । रसियाकी एक महिलाको मुखबाट चार फिटको सर्प निकालेको भिडियोले सामाजीक सञ्जालमा चर्चा पाइहेको छ ।

डेली मेलले रिपोर्टलाई उद्धृत गर्दै महिला लेभासी गाउँमा रहेको दागेस्तेनस्थित आफ्नो घरको आँगनमा सुतिरहेका बेला उक्त सर्प उनको शरीरभित्र प्रवेश गरेको जानकारी दिएको छ ।

महिलाको स्वास्थ्यमा अचानक गडबडी देखिएपछि उनलाई तत्काल अस्पताल पुर्याइएको थियो जहाँ उनलाई जनरल एनेस्थेटिकमा राखिएको थियो ।

भिडियोमा देखिए अनुसार पञ्जा लगाएका पुरुष डाक्टरले ती महिलाको घाँटीमा ट्युब छिराएर सर्प निकालिरहेको देख्न सकिन्छ । भिडियोमा एकजना डाक्टरले ‘हेरौं, यो के रहेछ’ भनेको सुन्न सकिन्छ ।

महिलाको मुखबाट सर्प निस्कने बित्तिकै महिला स्वास्थ्यकर्मीले निकै डराएको भावसहित त्यो समात्छिन् । उनी आत्तिदै पछाडि सर्छिन् र महिलाको मुखबाट निकालिएको वस्तु सर्प भएको थाहा पाएपछि स्वास्थ्यकर्मी कराएको पनि सुन्न सकिन्छ ।

त्यसपछि उक्त सर्पलाई मेडिकल बकेटमा फ्याँकिन्छ । सर्प जिउँदो थियो वा त्यो महिलाको शरीरभित्र कति समयसम्म रह्यो भन्नेबारे जानकारी उपलब्ध छैन ।

स्थानीयका अनुसार यस्ता घटना बारम्बार भइरहने भएकोले त्यहाँका ज्येष्ठ नागरिकले युवा–युवतीलाई घर बाहिर नसुत्न सल्लाह दिने गर्छन् ।


सम्बन्धित खबरहरु