सरकाले खुलायाे श्रम स्वीकृति, कहाँबाट लिन पाइने ?

ओकेखबर संवाददाता १६ भाद्र २०७७, मंगलवार १३:१६ मा प्रकाशित ( साल अघि) ३५९ पाठक संख्या

काठमाडौं । सरकाले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति खुलाएको छ । मन्त्रिपरिषदले श्रम स्वीकृति खुलाउने निर्णय गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले जनाकारी दिए ।

आजैको दिनदेखि श्रम स्वीकृति खुले पनि कुन कुन देशका लागि खुलेको र यसका मापदण्ड के हुने भन्नेबारे पूर्ण पाठ आउन बाँकी रहेको बताए । सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागको आधारमा नयाँ श्रम स्विकृति खुल्ला गरिएको पनि महानिर्देशक दाहालले जानकारी दिए ।

सरकारले पुनः श्रम स्वीकृति भने गएको असार १८ गतेदेखि खुलाएको हो । पुन श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ । तर श्रम स्वीकृति भने ताहाचल कार्यालयबाट मात्रै पाइन्छ । काठमाडौंमा निषेधाज्ञा भएकाले श्रम स्वीकृति खुले पनि निषेधाज्ञा नखुल्दासम्म लिन भने पाइने छैन ।

कोरोना भाइरसको महामारीको कारण गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन बन्द गरिएको थियो।

त्यस्तै सरकारले नियमित तथा चार्टर्ड अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउन पाउनेको संङ्ख्या बढाएको छ। भदौ १७ गतेदेखि खुल्ने उडानबाट दैनिक ८ सय जना स्वदेश आउन पाउने छन्। यसअघि सरकारले दैनिक ५ सय मात्र आउन दिने निर्णय गरेको थियो।


सम्बन्धित खबरहरु