आँचललाई करोडौंमा एक भन्दै दयाहाङ (भिडियो)

ओकेखबर संवाददाता ७ भाद्र २०७७, आईतवार ०९:५४ मा प्रकाशित ( साल अघि) ६३१ पाठक संख्या

काठमाडौं । दयाहाङ राई र आँचल शर्मा अभिनित राजेश पायल राईको आवाजमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘त्यो तिमि हौ’ बोलको गीतमा निर्मला राई ‘परिवेश’को शब्द रचना तथा अर्जुन पोखरेलको संगीत रहेको छ ।
रचनाकार निर्मला राई ‘परिवेश’ले थुप्रै चलचित्रका गीत तथा एल्बमका गीतहरु लेखि सकेकी छन् ।

मिलन चाम्सको निर्देशनमा बनेको भिडियोमा नायक दयाहाङ राई र नायिका आँचल शर्मा फिचर्ड छन् ।

महाराज थापाको संगीत संयोजन रहेको गीतको भिडियोलाई सुदिप बरालले छायांकन, प्रज्वलित पराजुलीले सम्पादन र जुनीम गहतराजले कलर संयोजन गरेका छन् ।

भिडियोको सहायक निर्देशन गिरिराज घिमिरेले गरेका छन् । भिडियोमा दयाहाङ राई र आँचल शर्मा रोमान्टिक मुडमा प्रस्तुत भएका छन् ।

 


सम्बन्धित खबरहरु