आर्सनलले जित्यो कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि

ओकेखबर संवाददाता १८ श्रावण २०७७, आईतवार ०७:०८ मा प्रकाशित ( साल अघि) ४५६ पाठक संख्या

इंग्लिस फुटबल प्रतियोगिता एफ ए कपको उपाधि आर्सनलले जितेको छ । शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा झरेको चेल्सीलाई दुई एकले हरायो ।

आर्सनलले कीर्तिमानी १४ औँ पटक एफए कपको उपाधि जितेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि दुवै गोल पिएर एमरिकले गरेका हुन् । उनले २८ औँ मिनेटमा पाएको पेनाल्टी र ६७ औँ मिनेटमा गोल गरे ।

क्रिष्टियन पुलिसिकले पाँचौँ मिनेटमा गरेको गोलबाट सुरुवाति अग्रता लिएको चेल्सीले त्यसलाई जोगाउन सकेन। ७३ औँ मिनेटमा कोभासिक दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

पूर्व खेलाडी मिकेल आर्तेताले प्रशिक्षकका रुपमा पहिलो सिजनमै प्रमुख उपाधि जितेका हुन् ।


सम्बन्धित खबरहरु