च्याउ खाएका एकै परीवारका थप तीनजनाको मृत्यु

ओकेखबर संवाददाता १३ श्रावण २०७७, मंगलवार १८:३३ मा प्रकाशित ( साल अघि) ६०४ पाठक संख्या

जाजरकोट । च्याउको तरकारी खाएकै कारण एकै परिवारका थप तीनजना बालबालिकाको मृत्यु भएको छ ।

जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका थप तीनजना बालबालिकाको उपचारको क्रममा सुर्खेतमा मृत्यु भएको हो । सोमबार गाउँमै एकजना बालिकाको मृत्यु भएको थियो ।

च्याउ खाएर मृत्यु हुनेको संख्या चार पुगेको छ । गत साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए ।

कर्णाली प्रदेश स्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलका अनुसार  टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारको क्रममा मृत्यु भएको हाे ।

चलाउनेकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो । विषालु च्याउ खाएर गम्भीर बिरामी भएका सात जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उपचारका लागि सोमबार नै सुर्खेत लगिएको थियो ।


सम्बन्धित खबरहरु