आज: 

ऐश्वर्या राय र उनकी छोरी दुवैले जीते काेराेनालाई

ओके खबर १२ श्रावण २०७७, सोमबार १९:०७ मा प्रकाशित ( महिना अघि) ५६४७ पाठक संख्या

एजेन्सी । बलिउड अभिनेत्री तथा पूर्वमिस वर्ल्ड ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या कोरोना मुक्त भएका छन् । मुम्बईको नानावटी अस्पतालमा उपचाररत उनीहरु कोरोना मुक्त भएसँगै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बलिउडका महानायक अमिताभ बच्चनको परिवार नै कोरोना संक्रमित भएपछि अस्पताल भर्ना भएको थिए । बच्चन परिवारको जया बच्चनबाहेक अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्या नानावटीमा भर्ना भएका थिए ।

कोरोना पोजेटिभ भएको छ दिनपछि अस्पताल भर्ना भएका ऐश्वया र आराध्या १० दिन अस्पताल बसेपछि डिस्चार्ज भएका हुन् । गत १२ जुलाईमा उनिहरु कोरोना संक्रमित भएका थिए ।


सम्बन्धित खबरहरु