भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड

ओकेखबर संवाददाता ४ श्रावण २०७७, आईतवार ०६:०५ मा प्रकाशित ( साल अघि) ८२४ पाठक संख्या

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ ।

लगातार बढ्दो क्रममा संक्रमण देखिएको भारतमा आइतबार पछिल्लो २४ घण्टामा ३७ हजार ४०७ जना संक्रमित थपिएका छन् ।

यसअघि गएको शुक्रबार एकै दिन सर्वाधिक ३५ हजारभन्दा बढी संक्रमित थपिएको भारतमा आइतबारको तथ्यांकले त्यसलाई पनि उछिनेको छ ।

संक्रमण फैलिएको ६ महिनाभन्दा बढीको यो समयमा भारतमा यो समाचार तयार पार्दासम्म १० लाख ७७ हजार ८६४ पुगेको छ ।

यो संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । अहिलेसम्म संक्रमितमध्ये ६ लाख ७७ हजार ६३० जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ७३ हजार ४०६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ५४३ जनाको मृत्यु भएपछि आइतबार बिहानसम्म ज्यान गुमाउनेको २६ हजार ८२८ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।


सम्बन्धित खबरहरु