अमेरिकामा कोरोनाबाट एकैदिन ७३ हजार संक्रमित, विश्वभ १ करोड ३९ लाख ३७ नाघ्यो

ओकेखबर संवाददाता २ श्रावण २०७७, शुक्रबार ०८:४२ मा प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

एजेन्सी । गत डिसेम्बरको अन्तिम साताबाट शुरु भएको कोरोना भाइरसको संक्रमणबा सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा गत २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा त्यहाँ अहिलसम्मकै बढी ७३ हजार ३ सय संक्रमित थपिएका हुन् ।

योसँगै अमेरिकामा संक्रमितको संख्या ३६ लाख ९४ हजार नाघेको छ । जसमध्ये १६ लाख ७५ हजार उपचारपछि निको हुँदा १ लाख ४१ हजार संक्रमितले ज्यान गुमाएका छन् । गत २४ घण्टामा त्यहाँ ९ सय ६२ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा अहिले १८ लाख ७८ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये १६ हजार ४ सय संक्रमितको अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको ब्राजिलमा बितेको २४ घण्टामा ४३ हजार ८ सय नयाँ संक्रमित थपिँदा १ हजार २ सय ९९ जनाले ज्यान गुमाएका छन् ।

योसहित त्यहाँ संक्रतिमको कूल संख्या २० लाख १४ हजार नाघेको छ । अहिलेसम्म ब्राजिलमा १३ लाख ६६ हजार निको हुँदा ७६ हजार ८ सय संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा बिहीबार ३५ हजार ४ सय व्यक्तिमा कोरोना पुष्टि भएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १० लाख ५ हजार नाघेको छ । अहिलेसम्म भारतमा ६ लाख ३६ हजार निको हुँदा २५ हजार ६ सय संक्रमितको मृत्यु भएको छ ।

विश्वका २ सय १५ देशमा फैलिसकेको यो भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ३९ लाख ३७ हजार नाघेको छ । जसमध्ये ८२ लाख ६८ हजार निको हुँदा ५ लाख ९१ हजार संक्रमितले ज्यान गुमाएका छन् ।


सम्बन्धित खबरहरु