नेल्सन मण्डेलाकी छोरीको कोरोना संक्रमणबाट मृत्यु

ओकेखबर संवाददाता १ श्रावण २०७७, बिहीबार २१:३६ मा प्रकाशित ( साल अघि) ५९० पाठक संख्या

एजेन्सी । रंगभेद विरोधी आन्दोलनका नेता दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मण्डेला दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति हुन् । उनकी कान्छी छोरी जिन्द्जी मण्डेलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

बिरामी भएपछि उपचाररत मण्डेलाका ५९ वर्षको उमेरमा जोहान्सबर्गमा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मृत्युपछि उनी कोरोना भाइरस संक्रमित भएको पुष्टि भएको थियो ।

उनका छोरा जोन्डवा मण्डेलाले भने सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् ।

कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको उनले बताएका छन् ।


सम्बन्धित खबरहरु