पल र स्वस्तिमाको ‘मायालु तिमी कता छौ– २’ सार्वजनिक

ओकेखबर संवाददाता १ श्रावण २०७७, बिहीबार १९:२९ मा प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । बिहिबार सार्वजनिक गरिएको ‘मायालु तिमी कता छौ– २’ मा पल र स्वस्तिमाले एकसाथ काम गरेका छन् ।

करिब डेढ वर्षपहिला रिलिज भएको ‘मायालु तिमी कता छौ’को पहिलो भाग दर्शकरस्रोताले निकै रुचाएका थिए । त्यसैले सोही टिमले यसको दोस्रो भाग पनि तयार गरेको हो ।

‘सिरिरि’ बोलको यस गीतमा राजनराज शिवाकोटी र स्मिता दाहालको स्वर छ । गीतमा दिनेश थपलियाको शब्द र राजनराजको संगीत छ ।

सरोज ओलीको निर्देशनमा बनेको भिडियोमा पल र स्वस्तिमासँगै बालकलाकार एन्जल राई र अरविन खड्का फिचर छन् । विक्रम स्वरको कन्सेप्ट कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा अर्जुन जिसीको सम्पादन छ ।


सम्बन्धित खबरहरु