भारतमा कोरोनाबाट ९ लाख ७ हजार संक्रमित, एकैदिन ५४० जनाको मृ*त्यु

ओकेखबर संवाददाता ३० असार २०७७, मंगलवार ०६:१९ मा प्रकाशित ( साल अघि) ५८६ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाइरसबाट भारतमा संक्रमितको संख्या ९ लाख नाघेको छ ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म ९ लाख ७ हजार ६४५ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८ हजार १७९ जना  संक्रमित भए भने १ लाख ३५ हजार ९६५ जना बिहीबारदेखि सोमबारसम्म संक्रमण भएकाको तथ्यांक हो ।

भारतमा संक्रमितको कुल संख्या विश्वकै तेस्रो धेरै हो भने एसियामा सबैभन्दा बढी हो । यस्तै संक्रमणले मृत्यु हुनेको संख्या २३ हजार ७२७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५४० जनाको ज्यान गएको छ ।

अहिलेसम्म संक्रमितमध्ये ५ लाख ७२ हजार ११२ संक्रमणमुक्त भएका छन् भने ३ लाख ११ हजार ८०६ जनाको उपचार भइरहेको छ ।


सम्बन्धित खबरहरु