मास्क लगाउन ठाडो अस्वीकार गर्दै आएका ट्रम्पले पहिलो पटक सार्वजनिक रुपमा मास्क लगाए

ओकेखबर संवाददाता २८ असार २०७७, आईतवार ०७:०१ मा प्रकाशित ( साल अघि) ५८५ पाठक संख्या

एजेन्सी । मास्क प्रयोगलाई अनिवार्य गर्ने विश्व स्वास्थ्य संगठनको निर्देशनलाई अटेर गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः सार्वजनिक रुपमा मास्क लगाएका छन्।

कोरोना भाइरसको महामारी सुरु भएदेखि नै मास्कको विपक्षमा आफूलाई प्रस्तुत गर्दै आएका र अरुले देख्ने गरी मास्क नलगाउने बताएका ट्रम्पले औपचारिकतरूपमा सार्वजनिक कार्यक्रममा मास्क लगाएर प्रस्तुत भएका हुन् ।

वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड मिलिटरी हस्पिटलमा भेट्रानहरुसँगको भेटका लागि जाने क्रममा ट्रम्पले मास्क लगाएका हुन् ।

‘मलाई लाग्छ मास्क लगाउनु राम्रो कुरा हो, म कहिले पनि मास्कको विपक्षमा थिइनँ तर यसको पनि समय र स्थान हुन्छ भन्नेमा चाहिँ विश्वास गर्छु,’ मास्क लगाएर ह्वाइट हाउसबाट बाहिरिने क्रममा ट्रम्पले भने ।

यसअघि ट्रम्पले आफूले मास्क नलगाउने बताएका थिए । अझ पत्रकारले देख्ने गरी त मास्क लाउँदै नलाउने उनको भनाई रहँदै आएको थियो ।


सम्बन्धित खबरहरु