हावाबाट पनि कोरोना सर्ने प्रमाण पाइयो : डब्ल्युएचओ

ओकेखबर संवाददाता २४ असार २०७७, बुधबार ०७:३२ मा प्रकाशित ( साल अघि) ५५८ पाठक संख्या

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले स्वीकार गरेको छ ।

यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्ने बताउँदा त्यसलाई अस्वीकार गरेको डब्ल्युएचओले अहिले भने हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाण फेला पारेको जनाएको हो ।

डब्ल्युएचओकी टेक्निकल डाक्टर मारिया भान केरखोवले हावाबाट कोरोना फैलिएको प्रमाण भेटिएको र यसको अध्ययन अहिले पनि जारी रहेको बताएकी छन् ।

डब्ल्युएचओले खागारी भीडभाडका ठाउँमा, कम हावा भएको ठाउँमा र बन्द कोठामा हावाबाट कोरोना भाइरस फैलिने अवस्थालाई अस्विकार गर्न नसकिने जनाएको छ ।

डा।मारियाले कोरोनाको प्रसार रोक्न ठूलो स्तरमा रोकथामको उपायको जरुरी भएको बताउँदै यसमा सामाजिक दूरी र मास्कको प्रयोग जस्ता नियम अनिवार्यरुपमा पालना गर्नुपर्ने बताइन ।

यसअघि डब्ल्युएचओले कोरोना भाइरस मुख्यरुपमा व्यक्तिको नाक र मुखबाट निस्केको सुक्ष्म छिटाबाट सार्ने बताएको थियो ।


सम्बन्धित खबरहरु