कोरोनाबाट एकैदिन २ लाख ५ हजार संक्रमित, मृ*तक संख्या ५ लाख २३ हजार नाघ्यो

ओकेखबर संवाददाता १९ असार २०७७, शुक्रबार ०६:४९ मा प्रकाशित ( साल अघि) ६४६ पाठक संख्या

एजेन्सी । विश्व महामारी कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकैदिन २ लाख ५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

६ महिनादेखि फैलिएको कोरोना महामारीका कारण शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ५ हजार ७४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर संक्रमितको संख्या १ करोड ९ लाख ७१ हजार ३०२ पुगेको छ ।

विश्वभर पछिल्लो २४ घण्टामा मृ*त्यु हुनेको संख्या ५ हजार ९० छ । योसँगै मृ*त्यु हुनेको संख्या ५ लाख २३ हजार १७७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ६१ लाख ३४ हजार ६१५ पुगेको छ भने ४३ लाख १३ हजारभन्दा बढीको उपचार भइरहेको छ ।


सम्बन्धित खबरहरु