कोरोनाविरुद्धको चिनियाँ भ्याक्सिन सफल : १,१८० जनामा प्रयोग

ओकेखबर संवाददाता १४ असार २०७७, आईतवार १३:२७ मा प्रकाशित ( साल अघि) २२६६ पाठक संख्या

एजेन्सी । चिनियाँ वैज्ञानिकहरुले बनाएको कोरोनाविरुद्धको भ्याक्सिन मंगलबार संयुक्त अरब इमिरेट्स युएइमा तेस्रो चरणको क्लिनिकल परीक्षण हुँदैछ । यो तेस्रो चरणमा प्रवेश गर्ने संसारकै पहिलो कोरोनाविरुद्धको भ्याक्सिन हो । चीनले परीक्षण गर्न थालेको यो पहिलो विदेशी परीक्षण पनि हो । यो भ्याक्सिनमा नै अहिले संसारको ध्यान केन्द्रित भएको छ ।

चाइना नेसनल फार्मास्युटिकल ग्रुप सिनोफर्मले बिकास गरेको यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायलको मंगलबार बेइजिङ, वुहान र युएईको अबुधावीमा अनलाइनमार्फत उद्घाटन गरियो । परीक्षण भने आउँदो मंगलबार औपचारिक रुपमा सुरु हुने ग्लोबल टाइम्सले जनाएको छ ।

युएईका स्वास्थ्यमन्त्री अब्दुल रहमान मोहम्मद अल ओबेइसले क्लिनिकल परीक्षणका लागि अनुमतिपत्र जारी गरिएको बताएका छन् । सिनोफर्मले मंगलबार जारी गरेको विज्ञप्तिमा पनि क्लिनिकल परीक्षणको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सिनोफर्मले भ्याक्सिन पूर्णरुपमा सफल भएको र औपचारिकताका लागि मात्रै तेस्रो चरणको क्लिनिकल ट्रायल गरिएको दावी गरेको छ ।

सिनोफर्मले भ्याक्सिनको प्रयोग १ सय ८० स्वयंमसेवकमा गरिसकेको छ । लगाएका व्यक्तिमा यो खोप पूर्ण सुरक्षित तथा प्रभावकारी देखिएको ग्लोबल टाइम्सले जनाएको छ । अहिलेसम्म विकास भएका र परीक्षणमा रहेका खोपमा चीनमा बनाइएको यो भ्याक्सिन सफल भएको सिनोफर्मले विज्ञप्ति निकालेर जनाएको छ ।

खोपको उत्पादनका लागि सिनोफर्मले उच्चस्तरको बायोसेफ्टी प्रयोगशाला पनि निर्माण गरिसकेको छ । सिनोफर्ममा आवद्ध बेइजिङ इन्स्टिच्युटले वर्षमा १२ करोड डोज र वुहानमा रहेको कम्पनीले बार्षिक १० करोड डोज उत्पादन गर्ने क्षमता बनाइसकेका छन् ।


सम्बन्धित खबरहरु