नेपालकै पहिलो महिला क्याम्पस प्रमुख अङ्गुरबाबाको निधन

ओकेखबर संवाददाता ६ असार २०७७, शनिबार १८:५२ मा प्रकाशित ( साल अघि) ९७६ पाठक संख्या

काठमाडौं । नेपालकै पहिलो महिला क्याम्पस प्रमुख अङ्गुरबाबा जोशीको निधन भएको छ ।

स्ट्रोकका कारण शनिबार दिउँसो ८९ वर्षीया जोशीको बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । केही सातायता छातीमा देखिएको संक्रणका कारण उनी न्यूरो अस्पतालमा उपचार गराइरहेकी थिइन् ।

१७ वर्षअघि घाँटीमा क्यान्सर भएपछि अपरेसन गर्दा उनको अनुहार बांगिएको थियो । त्यसपछि उनी स्तनको क्यान्सरबाट पीडित बनेकी थिइन् ।

काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा शिक्षाविद् एवं समाजसेवी हुन् । जोशीको पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा शनिबार नै अन्त्येष्टि गरिने भएको छ।


सम्बन्धित खबरहरु