यी ११ रोगका लागी बेसार फाइदाजनक

ओकेखबर संवाददाता ६ असार २०७७, शनिबार १३:४७ मा प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

काठमाडौं । तपाइ हाम्रो भान्सामा हामीले नियमित रुपले प्रयोगमा ल्याउदै आइरहेको बेसारको बहस यतिबेला सदनदेखी सडकसम्मै बहसको विषय बनेको छ । त्यसो त मुलुकभर विश्व महामारी कोरोनाको संक्रमण फैलरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बेसारले कोरोनाविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बढाउने भनेपछि बेसारको चर्चा यसरी चुलिएको हो । त्यसो त चिकित्सकहरुले पनि बेसारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुर्याउने बताउदै आएका छन् ।

यी रोगको उपचारमा बेसारको उपयोग हुन्छ

मधुमेह

धेरै पटक पिसाब गरिरहनुपर्ने पानीको प्यास बढी लाग्ने भएमा वा मधुमेह भएमा पनि बिहान बेलुका १।१ चम्चा शुद्ध राम्रो बेसारको धुलो पानीसग खाने गरेमा एक दुई हप्तामै ठीक हुन्छ ।

आँखाको कमजोरीमा

राम्रो शुद्ध बेसारको धुलोलाई गाईको घ्युमा मुछेर बेलुका सुत्ने बेला गाजल लगाउने गरेमा आँखा रातो भएको, घाउभएको, जाले हुन लागेको, धमिलो भएको आदि एक दुई हप्तामै निको गर्छ र सधैँ लगाएमा आखामा कहिल्यै खराबी हुँदैन ।

कुनै पनि घाउ खटिरा वा काटेकोमा

राम्रो शुद्ध बेसारको धुलो ५० ग्राम तोरी वा तिलको तेलमा पकाउनेराम्ररी पाकी सकेपछि सिसामा हालेर राख्ने आवश्यकता अनुसार कुनै पनि घाउमा लगाउन सकिन्छ, र कान दुखेमा कानमा हालेर निको पार्न सकिन्छ ।

शरीर सुनिएमा मर्केमा

५ ग्राम राम्रो शुद्ध बेसार दुधमा पकाएर २ ४ दिन सेवन गर्नाले सरिर सुन्नीएको वा मर्केको ठीक हुन्छ ।

पेट फुल्ने रोग भएमा

हावा भरिएर पेट फुल्ने, दुख्ने रने भएमा १ चम्चा बेसार र १ चम्चा नुन विहान बेलुका १ गिलास पानीमा पकाएर खाने गर्नाले ठीक हुन्छ ।

कफ जमेर दम भएमा

आधा चम्चा बेसार दिनको ३ पटक मनतातो पानीसग खाएमा कफ जमेर हुने दम ठीक हुन्छ ।

रुघाखोकी लागेमा, सर्दी भएमा

ज्वानो र बेसार १ चम्चा दिनको तिन पटक १ गिलास पानीमा पकाएर खाने गर्नाले रुघा पाक्छ र चाडो ठीक हुन्छ ।

मुखमा, घाँटीमा खटिरा आएमा

२ चम्चा बेसार २ जिलास पानीमा पकाउने १ गिलास भएपछि दिनको दुई पटक कुल्ला गर्ने गरेमा ठीक हुन्छ ।

खोकी लागेमा

१ गिलास दुधमा १ चम्चा पानी हालेर उमालृर दिनको दुई पटक खान दिएमा ठीक हुन्छ ।

बेसारको टुक्रा पोलेर सुत्ने बेलामा चुस्ने गरेमा खोकी ठीक हुन्छ ।

टन्सिल भएमा

टन्सिल दुःखेमा बेसार र मह फिटेर रुद्रघण्टीमा बेलुका सुत्ने बेलामा लगाउने गरेमा ठीक हुदै जान्छ ।

हात्ती पाइले रोगमा

गहुँत आधा गिलास १ चम्चा बेसार, १ चम्चा शखर हालेर नित्य विहान बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुदै जान्छ ।

(यो रिपोर्ट विभिन्न अनुसन्धान र अध्ययनको आधारमा प्रस्तुत गरिएको हो, कुनै पनि रोग लागेमा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ)


सम्बन्धित खबरहरु